खाेज्नुहाेस

बेरुजुमा दार्चुलाको शैल्यशिखर सुदूरपश्चिममै एक नम्बर

Image

दार्चुला – सुदूरपश्चिम प्रदेशमै दार्चुलाको शैल्यशिखर नगरपालिका सबैभन्दा बढी बेरुजु गर्ने स्थानीय तह बनेको छ ।

navjiwan hospital

सबैभन्दा बढी बेरुजु आएको शैल्यशिखर नगरपालिकाले १ अर्ब ३४ करोड ६५ लाख ९८ हजारको लेखापरीक्षण भएकोमा ११.९१ प्रतिशत अर्थात १६ करोड ३ लाख ६३ हजार बेरुजु आएको महालेखाको ६०औँ प्रतिवेदनमा उल्लेख रहेको छ ।

attariya hospital

सुदूरपश्चिममा सबैभन्दा कम बेरुजु अछामको बान्निगढी जयगढ गाउँपालिकाले आएको छ । कुल ९३ करोड ६७ लाख ५१ हजारको कुल लेखापरीक्षण गरेको ०.९४ प्रतिशत अर्थात ८८ लाख ४ हजार प्रतिवेदनमा उल्लेख छ ।