अत्तरिया – गत चैत २४ गते घरबाट निस्किएकी कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरकी एक महिला अझै परिवारको सम्पर्कमा आउन सकेकी छैनन । घरबाट घाँस काट्न निस्केकी ८१ वर्षिया लोकमाया खत्री हालसम्म सम्पर्क विहिन बनेकी हुन ।

२४ गते हराएकी लोकमायालाई खोजीदिन २७ गते प्रहरीमा निवेदन दिएपनि हालसम्म सम्पर्कमा नआएको उनकी बुहारी शारदा केसीले बताईन । उनका अनुसार घाँस काट्नका लागी हसिँया सहित घरबाट निस्किएकी लोकमाया हराएको ९ दिन हुँदा समेत भेटिएकी छैनन ।

अन्यको तुलनामा लोकमायाको मानसिक सन्तुलन त्यति राम्रो नभएको केसीले बताईन । उनले कहिले काही त्यत्तिकै हिडेर जाने बानि रहेको समेत बताईन ।
परिवारले ईलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएको छ । लोकमायाको खोजीका लागी प्रहरी निरन्तर लागीरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक डिएसपि गणेश बरालले बताए । उनले परिवारले निवेदन दिएपश्चात देखी नै खोजी कार्य जारी रहेको बताए ।













