खाेज्नुहाेस

५ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पस बनाईने

Image

अत्तरिया – सुदूरपश्चिमका ५ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाईने भएको छ । विश्वविद्यालय सभाले बैतडीको पुर्चाैडी सहित सुदूरपश्चिमका ५ वटा क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउने निर्णय गरेको हो ।

navjiwan hospital

सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष बिष्टका अनुसार प्रदेशमा रहेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पस, डडेल्धुराको भीमदत्त बुहुमखी क्याम्पस, बझाङको दिप बहुमुखी क्याम्पस, बझाङकै सुनकुडा बहुमुखी क्याम्पस र कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई आंगिक बनाउने निर्णय भएको छ ।
आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुमा अब विश्वविद्यालय अनुदान आयोगसंगै शिक्षा र अर्थ मन्त्रालयमार्फत दरबन्दी स्वीकृतीका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।

attariya hospital

यसअघि सुदूरपश्चिमका १५ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाइएको थियो । यसअघि बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी, पाटन बहुमुखी क्याम्पस पाटन र मणिलेक बहुमुखी क्याम्पस मेलौली सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेका छन् ।