खाेज्नुहाेस

बैतडीको पुर्चौंडी नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत विहिन

Image

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका दुई महिनादेखी प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर नेपाली कर्मचारी भर्नामा विवाद हुँदा नआएपछि दुई महिना देखी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको हो ।

navjiwan hospital

कर्मचारी भर्नामा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत नेपाली विदामा बसेका थिए । फागुनदेखि बिदामा बसेका नेपाली नगरपालिकामा फर्केका छैनन् भने मन्त्रालयले राजेन्द्रप्रसाद पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ । पौडेल पनि अहिले सम्म नगरपालिकामा हाजिर भएका छैनन् । उपसचिव पौडल वैशाख पहिलो साता प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने पुर्चौंडी नगरपालिकाकी उपप्रमुख मीना धानुकले बताइन् ।

attariya hospital

दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा नगरपालिकामा आर्थिक कारोबार ठप्प भएको छ । आर्थिक कारोबार नहुँदा धेरै जसो कामहरु रोकिएका छन् । यद्यपि योजना सम्झौता र अन्य नियमित काम भइरहेका पुर्चौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेश गडालले बताए ।

यस्तै जिल्लाको सिगास र शिवनाथ गाउँपालिकामा पनि प्रमुख प्रशासकीय नहुँदा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकाहरुमा कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, विकास निर्माणका कामहरु ठप्प भएका छन् ।