दार्चुला – दार्चुलामा ४३ हजार नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । जिल्ला सदरमुकामको एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो ।

महाकाली नगरपालिका–४ बांगाबगडस्थित गणेशसिंह बुढाथोकीको घरमा जुवा खेलिरहेका देवसिंह कार्की, गणेशसिंह धामी, दिलिपसिंह धामी, कमलसिंह धामी, मोहनसिंह कार्की र कमलसिंह ठगुन्नालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाका आधारमा बुढाथोकीको घरमा पुग्दा नगद ४३ हजार ५ सय ६८ रुपैयाँसहित जुवा खेलिरहेका १० जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।