खाेज्नुहाेस

अत्तरियामा कल्भर्ट निर्माण गर्न पनि पटक–पटक म्याद थपिदैं

Image

अत्तरिया – बजार क्षेत्रमा राजमार्ग चौडा गर्ने नीति अुनसार हाल अत्तरियामा ३ वटा कल्भर्ट निर्माणाधिन अवस्थामा रहेका छन् । अत्तरियामा क्षेत्रको पुर्व पश्चिम राजमार्गमा २ वटा र महाकाली राजमार्गमा १ कल्र्भट निर्माण भइरहेका छन् । पुरानो कल्र्भट देखि दाँया बाया ४÷४ मिटर चौडा कल्भर्ट निर्माण गर्न लागिएको भएपनि काम निकै सुस्त छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत अत्तरियाका २ र लम्कीमा १ कल्भर्ट निर्माण गर्नको लागि गत आर्थिक बर्षमा नै ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालय महेन्द्रनगर मार्फत निर्माण गर्न लागिएका उक्त कल्र्भटका लागि बैसाख महिनामा चन्द गु्रप एण्ड सप्लायर्स संग १ करोड ८ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार १० महिना अर्थात माघ मसान्त सम्म काम सक्नुपर्ने थियो ।

attariya hospital

तर, उक्त अवधिमा काम नसकिएपछि हाल चैत मसान्त सम्म म्याद थप गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकार पीयुष चटौतले बताएका छन । उनले चैत मसान्तमा पनि काम सकिने नदेखिएकाले म्याद थपका लागि प्रक्रिया अगाडी बढेको बताए । उक्त सम्झौता अनुसार अत्तरियामा कल्र्भट निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि लम्कीको कल्भर्ट भने केही दिन अगाडी मात्रै सुरु गरिएको उनले बताए ।

अत्तरियाको महेन्द्रनगर रोड र पुर्व रोडमा हाल कल्र्भटमाथि ढलान गरिएको भएपनि संचालनमा आएका छैनन् । निर्माण कम्पनीले सडक किनारामा माटो र निर्माण सामग्री राख्दा फराकिलो बनाउने भनेको सडक झन साघुरा बनेका छन । जसले गर्दा सो क्षेत्रमा सडक नै अस्तव्यस्त बनेको छ ।

navjiwan hospital

बैसाखमै महाकाली राजमार्ग अन्तरगत अत्तरियाको पहाड रोडमा पनि कल्र्भट निर्माणको सम्झौता भएको थियो । जसको ठेक्का पनि चन्द ग्रुप एण्ड सप्लायर्सले नै पाएको थियो । ४० लाखमा ठेक्का सम्झौता भएको उक्त कल्भर्टको म्याद पनि माघ मसान्त मै सकिएको छ । दुवै ठेक्का एकै निर्माण कम्पनीले पाए पनि संचालनमा भने एउटा कल्भर्ट पनि आउन सकेका छैनन् ।

पहाड रोडमा निर्माणाधिन कल्र्भटको म्याद नथपिएकाले हर्जाना तिरेर निर्माण भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकार चटौतले बताए । ‘यो कल्र्भट जर्ननाको पिरियडमा निर्माण भइरहेको छ । वहाहरुले अब काम सकेपछि हर्जना तिरेर भुक्तानी पाउनुहुन्छ’ उनले भने ।

निर्माण कम्पनीका प्रतिनिधि यज्ञ भट्टले भने आफूलाई ढिलाई हुनुको कारण थाहा नभएको बताए । ‘काम त मैले नै गराएको हो । तर, संचालनमा किन ढिलाई भयो भन्ने बारे मलाई जानकारी छैन’ उनले भने ‘कम्पनीका मुख्य व्यक्ति ईण्डिया जानु भएको छ । वहाँ नेपाल आएपछि थाहा हुन्छ ।’

अधिकांस ठूला विकास योजनामा ढिलाई हुँदै आएको भएपनि सामान्य २÷४ महिनामा निर्माण गर्न सकिने कल्भर्टमा पनि पटक पटक म्याद थप्नुपर्ने अवस्था आउनु लजास्पद भएको स्थानीय भुवन नाथले बताए । उनले कल्भर्ट निर्माणका ढिलाई हुँदा आवतजावतमा निकै समस्या भएको बताए ।

सडक चौडा भएपनि पुरानो कल्भर्ट भएको क्षेत्रमा मात्रै सडक साधुरो भएकाले कल्भर्ट निर्माण गरिन लागेको हो । कल्भर्ट निर्माण भएमा सडकको चौडाई ४ लेन बराबर पुग्ने छ ।