खाेज्नुहाेस

मोटरसाइकल दुर्घटना हुँदा गोदावरीका एक युवक घाईते

Image
file photo

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा गोदावरीका एक युवक घाइते भएका छन् ।

navjiwan hospital

६ लेन सडक अन्तरगत राति करीब ८ बजेतिर त्रिनगर भन्सार अगाडि से ६ प ७२१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा गोदावरी नगरपालिका – १ का २९ वर्षीय हरेन्द्र कार्की घाइते भएका हुन ।

attariya hospital

दुर्घटनामा घाइते भएका कार्कीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको आइसियुमा राखेर उपचार भइरहेको कैलाली प्रहरीले जनाएको छ ।