खाेज्नुहाेस

ब्याटमिन्टन प्रतियोगीतामा नवजिवनका पाण्डेय र थापा प्रथम

Image

अत्तरिया – नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भएको ब्याटमिन्टन प्रतियोगितामा नवजीवन सहकारी संस्था लिमिटेडका चेतराज पाण्डेय र जितबहादुर थापाको टीमले प्रथम स्थान हासिल गरेको छ ।

navjiwan hospital

त्यस्तै कृषि विकास बैंकका दीपक कुँवर र दिलबहादुर चौधरीको टीमले द्धितीय र राष्ट्रिय वाणिज्य बैंकका प्रभुराज जोशी र केशव गिरीको टीमले तृतीय स्थान हासिल गरेको छ ।

attariya hospital

ब्याडमिन्टन प्रतियोगितामा विभिन्न ६ वटा बैंकका १० वटा टीमको सहभागिता रहेको प्रतियोगिताका रेफ्री प्रकाश सिंहले जानकारी दिए । संघले आफ्नो ३३ औँ वार्षिकोत्सवको अवसरमा फुटसल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । विजयी टीम तथा खेलाडीलाई यही चैत २२ गते औपचारिक कार्यक्रमका बीच नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने बताईएको छ ।

बैंकबीच एकता र समन्वय बढाउन प्रतियोगिता आयोजना गरिएको नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए ।