बैतडीमा कार्यालय सहयोगीले वडाध्यक्ष कुटे

बैतडी– बैतडीका एक अध्यक्ष माथि कुटपिट भएको छ । जिल्लाको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथी कुटपिट भएको हो ।

maya metro hospital

वडाअध्यक्ष नेगीमाथी सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारस नेगीले कुटपिट गरेको बताइएको छ ।

joshi vada pasal 2

बिहिबार राती ९ बजेतिर वडा नं १ कै जेरो पोइन्टमा रहेको बजारको एक पसलमा बुवाछोरा अध्यक्ष कुटेका हुन् । कुटपिट गर्दा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको छ । कुटपिटबाट वडा अध्यक्ष नेगीका ४ वटा दाँत भाँचिएका बताइएको छ । ।

कुटपिट गर्ने बुवाछोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ । वडाकै विषयमा विवाद हुँदा झडप भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.