धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी) ले प्राज्ञिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सुदूरपश्चिम विश्व विद्यालय अन्र्तगत रहेको केएमसीमा पहिलो पटक सम्मेलन हुन लागेको बिहिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यहि चैत १८ र १९ गते हुने सम्मेलनमा मुलुकभरका प्राध्यापक तथा उप–प्राध्याकहरुले आफ्नो अध्ययन र अनुसन्धान प्रस्तुत गर्नेछन् ।

केएमसीका उप–प्राध्यापक मोहनसिंह साउँदले दिएको जानकारी अनुसार सम्मेलनमा ६२ जनाले विभिन्न विषयमा आफ्नो प्रस्तुति राख्नेछन् । ‘सम्मेलनमा आफ्नो प्रस्तुति राख्नका लागि देशव्यापी रुपमा ७६ जनाको दावी परेको थियो’, साउँदले भने ।


सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालय, नेपाल सांस्कृतिक विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालय, काठमाण्डौँ विश्व विद्यालय, गण्डकी विश्वविद्यालय र भारतको लखनउ लगायतका विश्वविद्यालय बाट ६२ जनाले आफ्नो प्रस्तुति राख्नेछन् । राष्ट्रिय सम्मेलन क्याम्पसमै हुनेछ ।
विहान ७ बजे देखि वेलुका ५ बजे सम्म हुने सम्मेलनमा एक जनाले १५ मिनेट जति आफ्नो प्रस्तुति राख्ने छन् । कैलाली बहुमुखी क्याम्पसको इतिहासमा पहिलो पटक सुदूरपश्चिममा सम्मेलन हुन लागेको उप–प्राध्यापक साउँदको भनाई छ ।