अत्तरिया – भारतको बरेलीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका – ४ खैरानाका प्रेम दास चौधरीको उपचारका लागि अत्तरियामै रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले सहयोग रकम संलन गरेका छन ।
ब्रेन हेमरेज भएर भारतको खुस्लोक हस्पिटलमा उपचाररत चौधरीको उपचारका लागि दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका विद्यार्थीहरुले ‘डिएलएमसी डोनेसन क्याम्पिङ’ अभियान मार्फत सहयोग रकम जुटाउन थालेका हुन ।


फागुन १५ गते देखि भारतको बरेलीमा उपचारत प्रेम दासको उपचारमा आर्थिक अभाव भएकोले थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको अभियानमा सहभागि मनोज दहालले बताएका छन ।

उनले बिहिबार अत्तरियाबाट १७ हजार ८६५ रुपैयाँ संकलन भएको बताए । उक्त अभियानमा विद्यार्थीहरु मनोज दाहाल, लोकराज सापकोटा, राम दत्त भट्टराई, सिन्धु दियाल, जित साउँद, ज्योती साहु, लोकराज ओझा, दिपा जोशी लगायतको सहभागिता रहेको छ ।
प्रेम दासका छोरा सुमन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थी हुन । आफ्नै क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समस्या पर्दा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिउको दहालले बताएका छन ।

प्रेम दासको उपचारका लागि अस्पतालले साढे ४ लाख खर्च लाग्ने जनाएको छ । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले सहयोगको अपिल गरेका थिए ।
केहिदिन अघि पनि विद्यार्थीहरुले २२ हजार रकम संकलन गरेर प्रेम दासको उपचारका लागि पठाएका थिए ।
