खाेज्नुहाेस

खप्तड गोल्डकपमा आज थ्री स्टार र सुदुरपश्चिम ११ भिड्दै

Image

धनगढी – छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको दोस्रो सेमिफाइनलमा आज थ्री स्टार क्लब र घरेलु टोली सुदुरपश्चिम ११ बीच प्रतिस्पर्धा हुने भएको छ । धनगढी रंगशालामा दिउँसो साढे ३ बजे हुने दोस्रो सेमिफाइनलमा २ टोली भिड्ने भएका हुन ।

navjiwan hospital

आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

add everest academy
attariya hospital

प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको थियो ।