खाेज्नुहाेस

अत्तरियाका व्यवसायीहरुद्धारा नगरपालिका घेराउ

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारका व्यवसायीहरुले गोदावरी नगरपालिका घेराउ गरेका छन । बजार क्षेत्रमा पसल अगाडी व्यवसायीहरुले निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेपछि व्यवसायीहरुले विरोध गर्दै नगरपालिका घेराउ गरेका हुन ।

शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीहरुले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए ।

add everest academy
attariya hospital

व्यवसायी दुर्गा कडायतले पसल अगाडी पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरको बताइन् । उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडी निर्माण गरेका पाली मात्रै हटाउने कार्य गलत भएको बताईन् ।

navjiwan hospital

व्यवसायीहरुले तत्काल पाली नहटाइदिन माग गरेर नगरपालिका घेराउ गरेपनी नगरपालिकाले भने सडक अतिक्रमण हटाउने काम नरोकिने जनाएको छ ।

attariya technical collage

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले कार्यपालिकाबाट निर्णय गरेर सडक किनाराका अतिक्रमण हटाउने निणय भएकाले उक्त काम नरोकिने बताए ।

उनले ७ दिने सूचनाको बेवस्था गरिएपछि नगरपालिकाले जेसीवी चलाउन बाध्य भएको बताए । यसअघि अतिक्रमण हटाइएका ठाउँमा पुनः अतिक्रमण हुन थालेपछि आफूहरुले उक्त कदम चालेको प्रवक्ता भट्टको भनाइ रहेको छ ।

Karma Consultancy