अत्तरिया – धनगढीका पत्रकार टेकसिंह धामीलाई टाउको फुटाउने धम्की दिने नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता ओमप्रकाश अवस्थीलाई कारवाही गर्न माग गरिएको छ ।
प्रेस युनियन कैलाली, प्रेस चौधरी कैलाली, प्रेस चौतारी सुदूरपश्चिम कमिटी लगायतका पत्रकार संघ संगठनहरुले धम्की दिने अवस्थीलाई कारवाही गर्न माग गरेका छन ।
महेन्द्रनगर पोष्टका सम्पादक रहेका धामीलाई आफूलाई नेविसंघको नेता बताउने अवस्थीले फोन गरेर टाउको फुटाइदिने धम्की दिएका थिए ।
धामी सम्पादक रहेको महेन्द्रनगर पोष्टमा प्रकाशित भएको ‘कैलाली बहुमुखी क्याम्पसका स्वतन्त्र उम्मेदवारलाई नेविसंघको धम्की’ शिर्षकको समाचारको विषयलाई लिएर अवस्थीले पत्रकार धामीलाई धम्की दिएका थिए ।
‘नेवि संघको स्वतन्त्र उम्मेदवारलाई दवाव दिएको समाचार किन लेखिस् ? टाउको फुटालिदिन्छु। अब हिसावकिताब हुन्छ,’ उनले फोनमार्फत धामीलाई धम्क्याउदै भनेका छन् ।
धम्की दिएको घटनाप्रती प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको ध्यानाकर्षण भएको जनाउदै अवस्थीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीका महासचिव शिवराज भट्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दैै समाचारमा असहमती भए कानूनी उपाय खोज्ने बाटो हुँदाहुँदै धम्की दिएको घटनाको निन्दा र भत्र्सना गर्दै कारवाहीको माग गरेका हुन् ।
प्रेस चौतारी कैलालीका सचिव जनक विष्टद्धारा जारी विज्ञप्तीमा पनि धम्की दिने भण्डारीलाई कडा कारवाही गर्न माग गरिएको छ ।
यस्तै नेपाल प्रेस युनियन कैलाली शाखाका सचिव सीताराम ओझाद्धारा प्रेस विज्ञप्तीमा पत्रकार धामीको टाउको फुटाउने धम्की दिएको घटनाको भत्र्सना गर्दै दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
‘सञ्चार माध्यममा प्रकाशित समाचारका विषयमा कुनै असहमति भए कानूनी उपचार खोज्ने बाटो हुँदाहुँदै पत्रकारलाई टाउको फुटाउने भनेर धम्की दिएको घटनाको युनियन कैलाली घोर निन्दा र भर्त्सना गर्दछ ।
कैलालीमा पछिल्लो समय विभिन्न बाहानामा पत्रकारहरुमाथि एकपछि अर्को श्रृंखलाबद्ध आक्रमण र दुव्यवहार, तथा ज्यान मार्ने धम्की दिने जस्ता घटनाहरु दोहोरिरहेका छन् । अगामी दिनमा यस्ता खालका घटना हुन नदिने तथा पत्रकारलाई भयरहित वातावरणमा काम गर्न दिने वातावरण बनाउन पनि स्थानीय प्रशासनसँग माग गर्दछौं’ प्रेस युनियनद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।