अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको राधाकृष्ण मन्दिरमा लाग्ने राधाकृष्ण ज्ञान विज्ञान धार्मीक महोत्सवको तयारी पुरा भएको छ । राधाकृष्ण मन्दिरको स्तरोन्नतीका लागि मन्दिर व्यवस्थापन समितिले आयोजना गर्न लागेको उक्त धार्मिक महोत्सवको आज एक कार्यक्रमका बिच सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने भएका छन ।

१६ गतेसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञ, बालसंस्कार, योग विज्ञान शिविर एवं १००८ शालिग्राम पुजा अर्चना हुने धार्मीक महोत्सव मुल आयोजक समितिका संयोजक कालु राम रोकायाले बताएका छन् ।


उनले धार्मीक महोत्सवमा पछिल्लो समय हिन्दु धर्मका हराउँदै गएका संस्कारहरुको बारेमा पनि जानकारी दिइने बताए । उनले धार्मीक महोत्सवमा जडीबुटीको बारेमा जानकारी संगै प्रयोगका बारेमा जानकारी दिन सकिने बताए ।