खाेज्नुहाेस

सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा पुग्यो , थ्रीस्टार १—० ले पराजित

Image

रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै सुदूरपश्चिम ११ ले आफ्नो फाइनल स्थान पक्का गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रहेकोमा ८६ औँ मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल गरेर आफ्नो टीमलाई जितका लागि सुरक्षित बनाएका थिए । बिहीबार मनाङ र्मस्याङदी र फ्रेण्डस क्लबीच सेमिफाइनल खेल हुनेछ । सुदूरपश्चिम ११ ले बिहीबार यी दुई बीचको बिजेतासंग शनिबार खेल्नेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

attariya technical collage