निङ्गलाशैनी भगवती मन्दिरमा ‘हिङलो’ठड्याइयो

बैतडी – बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्रांगणमा हिङलो ठड्याइएको छ । चैते दशैंको घटस्थापनाका दिन बुधबार मन्दिर परिसरमा ‘हिङलो’ठड्याइएको निर्माण समितिका संयोजक प्रकाश बोहराले बताए ।

maya metro hospital

निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङलो जीर्ण भएपछि नयाँ हिङलो राखिएको हो । निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो ।

पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । मन्दिरमा गएको ५÷७ बर्ष यता हिङलो नभएकाले हिङलो ठड्याइएको उनले बताए ।

attariya hospital

पहिला पहिला दार्चुलाको लालीबाट सालको काठ ल्याएर मन्दिरमा हिङलो राख्ने चलन रहेको थियो । दार्चुलाको लालीबाट सालको काठ ल्याउन सम्भव नभएपछि स्थानीय युवाहरुको सक्रियतामा देवदारको हिङलो निर्माण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.