खाेज्नुहाेस

दुर्गालक्ष्मीमा ४ घण्टामा साढे ४ सयले गरे मतदान

Image

अत्तरिया– कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतदान जारी रहेको छ । बिहान ८ बजे देखि सुरु भएको मतदान अहिले चलिरहेको छ । ४ घण्टा देखि जारी रहेको मतदानमा हालसम्म साढे ४ सयले मतदान गरिसकेको मतदान अधिकृत लोक बहादुर महराले जानकारी दिएका छन ।

navjiwan hospital

उनका अनुसार अहिलेसम्म शान्तपुर्वक वातावरणमा मतदान भैरहेको छ । क्याम्पसमा स्ववियु सभापतिका लागि ५ जना चुनाबी मैदानमा होमिएका छन ।

add everest academy
attariya hospital

नेबिसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौ को संयुक्त प्यानल बाट भुवन महरा, स्वतन्त्र बाट लोकराज ओझा, अनेरास्वबियु बाट पुस्प सुवेदी, स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्न र अनेरास्ववियु (क्रान्तिकारी) सयुक्त प्यानलबाट पुष्करराज जोशीले उम्मेदवारी गर्दा गराएका छन । क्याम्पसमा १ हजार १ सय ७१ जना मतदाता रहेका छन ।