चरेस सहित दार्चुलाका २ जना धारचुलाबाट पक्राउ

 

दार्चुला – भारतको उत्तराखण्ड प्रहरीले करिब चार किलो चरेशसहित दुई नेपालीलाई पक्राउ गरेको छ । उत्तराखण्ड प्रहरीको विशेष अपरेशन समूहले चैत ६ गते धारचुला तहसिल नयाँबस्तीबाट महाकाली नगरपालिका–६ पौनेखोलाका ३० वर्षीय उमेश बहादुर पाल र दुहु गाउँपालिका–१ पिपौलचौरीका २६ वर्षीय रवि कुवरलाई पक्राउ गरेको हो ।

maya metro hospital

प्रहरीले तीन किलो ६८० ग्राम चरेश सहित उनीहरूलाई सोमवार बेलुकी ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनाविरुद्ध लागूऔषध ओसारपसार सम्बन्धी एनडीपीएस एक्टअन्तर्गत मुद्दा चलाइएको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

बरामद गरिएको चरेश दार्चुला नाकाबाटै भारत लगिएको आशङ्का गरिएको छ । भारतको धारचुला क्षेत्रमा चरेशसहित दुई जना पक्राउ गरिएको खबरपछि खलङ्गास्थित सीमा नाकाको चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.