लगातारको वर्षाले धनगढीका पसलमा डुबान

धनगढी – लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरू डुबानमा परेका छन् । सोमबार रातिदेखि परेको वर्षाका कारण धनगढीका पसल डुबानमा परेका हुन् । पानी निकास नहुँदा चटकपुरस्थित काठमाडौँ होटल र मोबाइल पसल डुबान भएको जनाइएको छ ।

maya metro hospital

पसलभित्र डुबान भएपछि समस्या भएको स्थानीय शान्ति ज्ञवालीले बताइन् । ‘बिहान पसल खोल्दा पूरै जलमग्न भएको थियो’, उनले भनिन्, ‘पानी निकासको व्यवस्थापन भएमा पसलभित्र पानी पस्थेन ।’

चैतको सामान्य वर्षामा पनि पसल डुबानमा पर्नु नाली व्यवस्थापन नभएको उनी बताउँछिन् । ‘अहिले त पसल डुबान भएको छ। वर्षातको मौसममा थप डुबान हुने सम्भावना बढेकोले पानी निकासको व्यवस्थापन गर्न जरुरी रहेको छ’, उनले भनिन् ।

attariya hospital

कैलालीका खोलामा बहाव नबढे पनि धनगढीका विभिन्न स्थानमा बनाइएको भौतिक संरचनाका कारण केही स्थानमा डुबान भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा बिहानको ८ बजेसम्म ४८ दशमलव सात मिलिलिटर वर्षा भएको छ । धनगढीमा दिउसो पनि वर्षा जारी रहेको छ । देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ ।

बिहानको ८ बजेसम्म सबैभन्दा बढी वर्षा धनगढीमै भएको छ । महाशाखाका अनुसार डडेल्धुरामा १९ मिलिलिटर र डोटीमा नौ मिलिलिटर वर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.