खाेज्नुहाेस

बैतडीका जीवन बुडाल मृत्यु प्रकरणमा थप चार पक्राउ

Image

बैतडी – बैतडीका जीवन बुडालको मृत्यु भएको घटनामा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १३ गते चौलानी नदीमा दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल मृत फेला परेका थिए। शवको केही किलोमिटर पर बिस्फोटक पदार्थ समेत फेला परेको थियो। त्यससँग सम्बन्धित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेहरूमा दार्चुला मार्मा गाउँपालिका ४ का ३९ वर्षीय मोहनसिंह महता, बैतडीका दशरथ चन्द नगरपालिका ४ का ४५ वर्षीय गणेश सिंह कार्की, ३३ वर्षीय टेकराम तिरुवा र ४७ वर्षीय कमलसिंह कार्की छन्। उनीहरूलाई प्रहरीले गत फागुन २६ गते नै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

attariya hospital

उनीहरूमाथि बिस्फोटक पदार्थ कसूर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको हो । अदालतले अनुसन्धान गर्न दिएको म्याद पनि केही दिनमा सकिनेछ । अनुसन्धान पनि अन्तिम चरणमा पुगेको सूचना अधिकारी प्रहरी निरीक्षक जोशीले बताए ।

यसअघि प्रहरीले बुडालसँगै पिकनिक गएका १२ जनालाई पक्राउ गरिसकेको छ । मृत फेला परेका बुडाल बिहान ११ जना साथीहरूसँग पिकनिक मनाउन गएका थिए । त्यही राति ९ बजे उनी नदी बीच मृत फेला परेका थिए ।