तिलोत्तमा गोल्डकपमा सुदूरपश्चिम विजयी

बुटवल – २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उदघाटन खेलमा रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै सुदूरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ ।

maya metro hospital

एन्फा टेक्निकल सेन्टर देवीनगरमा भएको खेलमा सुदूरपश्चिमका फागुराम थारुले ३१ औं र ६८ औं मिनेटमा गोल गरे । त्यसपछि स्वयं भण्डारीले सुदूरपश्चिमाञ्चलका लागि तेस्रो गोल गरे । खेल अवधिभर कमजोर प्रदर्शन गरेको रुपन्देही–११ का तर्फबाट एकमात्र सान्त्वना गोल खेलको अन्तिम समयमा बिदेशी खेलाडी फोडे फोफोनाले गरे ।

शनिबारको खेलमा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ द म्याच घोषित हुदै ११ हजार १११ र एउटा हेल्मेट पुरस्कार पाए । आइतबार हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले बताए ।

attariya hospital

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५ लाख ५५ हजार नगद पुरस्कार पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.