धनगढी – कैलालीबाट वन पैदावार मुद्दाका फरार ४ प्रतिवादी पक्राउ परेका छन् । बिना इजाजत वन पैदावार हटाएको मुद्दामा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का रुपेश थापा, ललित ओली, अर्जुन बोहरा र भानु ओली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला अदालत कैलालीले उनीहरु माथि जनही ८३ हजार ९ सय ७० जरिवाना तोकेको थियो ।