अत्तरियाको दुर्गालक्ष्मी नमुना माविमा छात्रवृत्ति वितरण कार्य सुरु

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्य सुरु गरिएको छ । चुजी च्यारिटी फाउण्डेसनको आर्थिक सहयोगमा यार्ड नेपालले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयका करिब १ सय भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्य सुरु गरेको हो । यार्ड नेपालका अध्यक्ष तथा अत्तरियामा रहेको एभरेष्ट एकेडेमीका प्रिन्सिपल वंशिराम चौधरीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

maya metro hospital

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले शिक्षाको क्षेत्रमा एक मात्र नमुना विद्यालयका रुपमा रहेको दुर्गालक्ष्मीले गोदावरीलाई चिनाउने प्रयास गरिरहेको बताए । उनले देशको आर्थिक स्थिति जर्जर अवस्थामा हुँदा अपेक्षा अनुरुप आर्थिक संकलन नभैरहेको अवस्थामा छात्रवृत्ति प्रदान गर्दा विद्यार्थीहरुलाइ राहत हुने बताए । उनले आर्थिक मन्दीका समयमा बालबालिकाहरुको उज्जवल भविष्यका नयाँ शैक्षिक सत्रमा कपि किताब र ड्रेस किन्न छात्रवृत्तिको रकमले सहुलियत हुने विश्वास व्यक्त गरे ।

यार्ड नेपालका अध्यक्ष चौधरीले विद्यार्थीहरुले आर्थिक अभावकै कारण विद्यालय छोड्नुपर्ने बाध्यताको अन्त्य गर्न कार्यक्रम सुरु गरिएको बताए । उनले थारै मात्रामा भएपनि बालबालिकाहरुलाई राहत होस भन्ने हेतुले यार्ड नेपालले काम गरिरहेको बताए ।

attariya hospital

गोदावरीमा करिब १२ सय देखी १५ सय को हाराहारीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिने बताईएको छ । यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका १ दर्जन जती विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिरहेको छ । जसमा सामुदायीक विद्यालय र गुठीद्धारा सञ्चालीत विद्यालयहरु समावेश गरिएका छन ।

यसैबिच विद्यालयमा स्थापित स्व. हरिदत्त पनेरु एवम् कौशिला स्मृति कोषमार्फत पनि विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पोशाक वितरण गरिएको छ । कोषका संस्थापक कृष्ण दत्त पनेरुले विद्यालयमा अध्ययरत जेहेन्दार र विपन्न परिवारका विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.