६ लेन सडकका पुल निर्माणमा ढिलाई

धनगढी – मोहना अत्तरिया ६ लेन सडकमा निर्माण गर्न लागिएका ३ वटा पुल निर्माणको काममा ढिलाई भएको छ । हाल मोहना, गेटाको मनहरा र सुनिखोलामा पुल निर्माणको काम भइरहेको छ ।

maya metro hospital

३ करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको सुनिखोला पुल गत असोजमै सम्पन्न हुनुपर्ने हो तर, अहिलेसम्म ४९ प्रतिशत मात्र काम भएको महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।

joshi vada pasal 2

यो पुलको ठेक्काको म्याद थप्ने प्रक्रिया अगाडि बढेको छ । मनहरा खोलामा करिब ७ करोडको लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति १५ प्रतिशत मात्र छ । निर्माण अवधि १५ महिना बाँकी रहे पनि हालसम्मको प्रगति निराशाजनक सव–इन्जिनियर खड्काले बताए ।

उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले पुल निर्माण गरिरहेको छ । २७ महिनामा सक्ने गरी माघ २०७८ मा रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको मोहना पुलको भौतिक प्रगति हालसम्म १५ प्रतिशत मात्र रहेको खड्काले बताए । उनका अनुसार १२ करोड १३ लाखमा यो पुल निर्माणको ठेक्का भएको हो । तीनै ठाउँमा साबिकको पुलको दुवैतिर नयाँ पुल बनाएर ६ लेन बनाउन लागिएको हो ।

मोहना अत्तरिया ६ लेन सडक पनि ६ वर्ष पुग्नै लाग्दासमेत पूरा हुन सकेको छैन् । १४ दशमलव २ किलोमिटर रहेको लामो उक्त सडकको रेलिङ, फुटपाथ, रङरोगन लगायतको काम बाँकी छ ।

मोहना पुलदेखि बोराडाँडीसम्म साढे चार किलोमिटर लामो पहिलो खण्डको काम शर्मा–अमर–नागार्जुन जेभीले गरिरहेको छ । बोराडाँडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा गेटादेखि–अत्तरियासम्म तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले ठेक्का लिएको छ । करिब एक अर्ब ६५ करोडको लागतको यो आयोजनाको बाँकी काम लामो समयदेखि ठप्प छ ।

६ लेन सडकको काम पूरा नहुँदै मोहना पुल–अत्तरिया सडक आयोजना कार्यालयलाई गत असोजमा कञ्चनपुरस्थित महाकाली पुल आयोजना कार्यालयमा गाभिएको छ ।

काम नसकिदै ६ लेन सडक निर्माण भएको एक बर्षमै भासिन थालेको छ । दोस्रो प्याकेज अन्तर्गत गेटा क्षेत्रमा छ लेन सडक भासिन थालेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.