धनगढी – यहि चैत ५ र ८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गरी नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ । नेपाल बिद्यार्थी संघका उम्मेदवारलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीले प्रतिनिधि खटाएको हो ।

समितिले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृप बहादुर सुनार, निर्वाचन क्षेत्र ३ मा उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशव राज मिश्रलाई खटाइएको जानकारी प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिएका छन् ।

त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गठबन्धन गर्न चाहेमा त्यसको सहजिकरणका लागि जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई जिम्मेवारी दिएको छ ।
