अत्तरियाको राधाकृष्ण मन्दिरमा ज्ञान विज्ञान धार्मीक महोत्सव हुने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको राधाकृष्ण मन्दिरमा राधाकृष्ण ज्ञान विज्ञान धार्मीक महोत्सव हुने भएको छ । राधाकृष्ण मन्दिरको स्तरोन्नतीका लागि चैत्र ९ गतेदेखि १६ गतेसम्म ज्ञान विज्ञान धार्मीक महोत्सव आयोजना गर्न लागिएको हो ।

maya metro hospital

धार्मीक महोत्सवमा संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञ, बालसंस्कार, योग विज्ञान शिविर एवं १००८ शालिग्राम पुजा अर्चना हुने धार्मीक महोत्सव मुल आयोजक समितिका संयोजक कालु राम रोकायाले बताएका छन् ।

joshi vada pasal 2

उनले धार्मीक महोत्सवमा पछिल्लो समय हिन्दु धर्मका हराउँदै गएका संस्कारहरुको बारेमा पनि जानकारी दिइने बताए । उनले धार्मीक महोत्सवमा जडीबुटीको बारेमा जानकारी संगै प्रयोगका बारेमा जानकारी दिन सकिने बताए ।

‘मन्दिरको स्तरोन्नतीका लागि आयोजना गरिएको यस धार्मीक महोत्सवमा भौतिक, आर्थिक रुपमा सहयोग गरिदिन हार्दीक अनुरोध गर्दछु’ उनले भने ‘अत्तरियाको मुटुमा रहेको यो ठाउँको विकास गर्नको लागि यसले महत्तपूर्ण भूमिका खेल्ने छ ।’

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज खत्रीले २०५८ सालमा मन्दिर स्थापना गरेर विकास गर्न खोजे पनि कतैबाट सहयोग नपाएपछि धार्मीक महोत्सव आयोजना गर्न लागिएको बताए ।

उनले मन्दिरका केही संरचना २०६२ सालमा चन्दा संकलन गरिएर बनाइएको भएपनि यसको खासै बिस्तार हुन नसकेको बताए । उनले मन्दिरको घेरबार गर्न अतिआवश्यक रहेको बताए । धार्मीक महोत्सवमा आयोजना हुने महायज्ञमा रामानुजदास सन्तोषजी महाराजले कथावाचत गर्ने आयोजकले जनाएको छ ।

यसैबीच बुधबार एक कार्यक्रमका बीच धार्मीक महोत्सव संचालनका लागि सचिवालयको पनि उद्घाटन गरिएको धार्मीक महोत्सव मुल आयोजक समितिका सचिव लक्ष्मण बिकले बताए । उनले धार्मीक महोत्सव संचालनका लागि अन्य बिभिन्न समितिहरु पनि गठन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.