होलीको उल्लास

अत्तरिया – गाउँ, सहर जता ततै होलीको उल्लास छाएको छ । रङहरुको पर्व होलीले रंगिचंगी बनाएको छ । मानिसहरु कटुता, दुस्मनी बिर्सेर एक अर्कालाई उत्सवको रंग दलेर रमाइलो गरिरहेका छन् । फागुपूर्णिमाको दिनदेखि सुरु हुने यो पर्व आज तराइका जिल्लामा धुमधान संग मनाइँन्छ । तर, सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा भने पहाडमा होली पर्व मनाएकै दिन पनि तराइमा पनि होली मनाइँन्छ ।

maya metro hospital

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाइँदै छ । केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ यो पर्व मनाइँदै छ ।

joshi vada pasal 2

होलीको अवसरमा अत्तरियामा पनि बिभिन्न समुहमा बजार क्षेत्रमा रमाइलो गरी मनाइँदै छ । होलीको अवसरमा अत्तरियामा रहेको पतंजली योग समितिले पनि होली विशेष कार्यक्रम गरेर यो पर्व मनाइरहेको छ । समितिका अध्यक्ष दुर्गा प्रसाइले समितिमा आवद्ध सदस्यहरुको घरमा गएर होली पर्व मनाइरहेको बताए । उनले वितका बर्षहरु जस्तै यस बर्ष पनि परम्परागत होलीको संरक्षण गर्दै मनाइरहेको बताए ।

‘होलीको पुराको परम्परा जोगाउँदै हामीले अत्तरिया बजार क्षेत्रमा होली पर्व मनाइरहेका छौ । यसरी होली मनाउँदा नयाँ पुस्ताले पनि होलीको बारेमा जानकारी लिन सकुन भन्ने हाम्रो उद्देश्य हो’ उनले भने ‘हाम्रो संस्कृती के थियो आज के भइरहेको थियो । यसलाई जोगाउँन होली पर्व मनाइरहेका छौ ।’

उनले आफुहरुले होलीकाले आगोमा भष्म पार्न लाग्दा खुसियालीमा गाउँने गित गाएर होली पर्व मनाइरहेको बताए । उनले ३ दिन होली पर्व मनाउँने गरेको बताए । उनले केही रकम पनि संकलन हुने भएकाले उक्त रकम समितिको कोषमै जम्मा गर्ने गरेको बताए । हाल पतंजली योग समितिमा ३८८ जना आवद्ध छन ।

होलीको अवसरमा पाका मानिसहरुले परम्पराग संस्कृति अनुसार होली मनाएपनि युवा तथा बालबालिकाहरुले भने आफै शैलीमा रमाइलो गरी होली पर्व मनाइरहेका छन । होलीको अवसरमा अत्तरियामा रहेको वन वे डान्स क्याम्पले सडकमा डान्स कार्यक्रम गरेर होली पर्व मनाइरहेका छन । उनीहरुले रंग संग रमाइलो गरेर होली मनाइरहेका हुन ।

होलीलाई जे जसरी मनाएपनि यसमा खुसियाली भने समावेश हुने गर्दछ । यसको धार्मीक र इतिहास पनि खुसियाली मनाउँनु संग सम्बन्धित छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।

नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् ।

धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् ।

बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्कका लागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो । होलीको अवसरमा आज सार्वजनिक विदा पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.