स्याउलेमा प्रहरीद्धारा सचेतनामुलक कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा प्रहरीले सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक गणेश बहादुर बरालको कमाण्डमा खटिएको टोलीले अस्थाई प्रहरी बिट स्याउलेमा कार्यक्रम आयोजना गरेको हो ।

maya metro hospital

कार्यक्रममा स्थानीय जनप्रतिनिधी, राजनैतिक दल, शिक्षकवर्ग, समाजसेवी, बिभिन्न युवा क्लव, सामुदायिक वन, अभिभावकहरु र राजमार्ग क्षेत्रका स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

joshi vada pasal 2

कार्यक्रममा लागुऔषध दुव्र्यसनी, चोरीका घटना न्युनीकरण, लैंगिक हिंसा, ट्राफिक दुर्घटना न्युनीकरण, प्राकृतिक सम्पदा दोहनको संरक्षण सम्बन्धमा सचेतनामुलक तथा अन्तरक्रिया कार्यक्रम गरी पर्चा पम्पलेट, प्लेकार्डहरु वितरण गरिएको थियो ।

कार्यक्रममा ट्राफिक दुर्घटना न्युनीकरण तथा दुर्घटना पश्चातको ब्यवस्थापन समिति पनि गठन गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.