गोदावरीमा नियम मिचेर नदीजन्य पदार्थ उत्खनन, ढुवानी गरे १ लाख सम्म जरिवाना गरिने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ नियम मिचेर उत्खनन् वा ढुवानी गरे ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने भएको छ । गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको पाइए १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको हो ।

Karma Consultancy

नगरपालिकाले सुर्योदय देखि सुर्यास्त सम्म विक्री शुल्क तिरर मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्न पाउने जनाएको छ । उक्त नियम मिचेर बिना शुल्क तिरेर नदीजन्य पदार्थ बोकेको वा उत्खनन् गरेको पाइए ५० हजार देखि १ लाख जरिवाना हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज जोशीले बताएका छन् ।

citizen security services
belauri nagarpalika

उनका अनुसार नियम मिच्ने ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर÷भ्याकुलोडर÷विसिलाई १ लाख जरिवाना तोकिएको छ ।

attariya hospital

नगरपालिकाले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने जनाएको छ ।
गोदावरी नगरपालिकाले हाल आफै कर्मचारी राखेर नदीजन्य पदार्थको शुल्क उठाउँदै आएको छ ।

नगरपालिकाले ठेक्का मार्फत शुल्क उठाउँदै आएकोमा चालु आर्थिक बर्षमा टेण्डर गर्दा पनि ठेकेदार नपाएको भन्दै नगरपालिकाले आफै शुल्क उठाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.