अत्तरिया – कैलालीको अत्तरियामा शिक्षकहरुका लागि एक दिने ओशो मेडिटेसन वर्कशप आयोजना गरिएको छ । अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि १ दिने मेडिटेसन वर्कशप आयोजना गरेको हो ।

विद्यालय व्यवसस्थापन समितिका अध्यक्ष गणेश शाहले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई रिफ्रेसमेन्ट संगै तनाब व्यवस्थापन गर्नको लागि ओशो मेडिटेसन वर्कशप गरिएको बताए ।

उनले शिक्षकहरुको मन, विचार र चित्त शुद्धिका लागि ओशो मेडिटेसन वर्कशपले सहयोग पुग्ने बताए । ‘ध्यान योग अहिलेको समयको आवश्यकता हो । त्यसैले हामीले विद्यालयमा यसको सुरुवात गरेका हौ’ उनले भने ‘यसलाई आगामी दिनमा हामीले विद्यालयमा नियमित रुपमा संचालन गर्ने योजना बनाएका छौ ।’


यसले अहिलेको सामाजलाई रुपान्तरमा महत्तपूर्ण भूमिका लेख्ने आफूहरुले विश्वास लिएको उनले बताए । उनले विद्यार्थीलाई ध्यानको बाटोमा लगाउन सकिए राम्रो नतिजा आउने बताए ।
शनिबार १२ घण्टा संचालन गरिएको ओशो मेडिटेसन वर्कशपमा श्वामी शुन्याम प्रकाशले प्रशिक्षण दिएका थिए । ओशो मेडिटेसन वर्कशपमा दुर्गालक्ष्मी माविक ५० जना शिक्षकहरु सहभागि रहेका थिए ।