तेजु स्मृति पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना

डोटी – नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक अध्यक्ष स्व तेजबहादुर खड्का ‘तेजु’ को स्मृतिमा ३ लाख १३ हजार १ सयको अक्षयकोष स्थापना गरिएको छ ।

Karma Consultancy

प्रेस युनियन जिल्ला शाखाले एक कार्यक्रमबीच अक्षयकोषको घोषणा गरेको हो । तेजु स्मृति पत्रकारिता पुरस्कार स्थापनाका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञले आफ्नो जन्मोत्सवका अवसरमा सहयोग गरेको रकमबाट अक्षयकोष घोषणा गरिएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले जानकारी दिए ।

citizen security services
belauri nagarpalika

अध्यक्ष बमले भने ‘हरेक दुई वर्षमा प्रेस युनियनको स्थापना दिवस जेठ १३ गतेका दिन एकजनालाई पुरस्कार प्रदान गरिनेछ ।’ नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष मोहन शाहीको संयोजकत्वमा तेजु स्मृति पत्रकारिता पुरस्कार कार्यविधि निर्माण गरिएको छ ।

attariya hospital

समितिका संयोजक शाहीले पुरस्कार छनोटका लागि नेपालमा कार्यक्षेत्र बनाएर पत्रकार, लेखक, स्तम्भकार, फोटोग्राफर, कलाकार, अभियन्ता तथा बौद्धिक व्यक्तित्वको छवि बनाई सामाजिक जीवनयापन गरिरहेको हुनुपर्ने बताए । उनका अनुसार पुरस्कार छनोट गर्ने मितिमा कम्तीमा पाँच वर्ष अनवरत रूपमा क्रियाशील रही प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा विशिष्ट योगदान दिएको हुनुपर्नेछ ।

पत्रकार खड्का बाजुराको बूढीनन्दा धार्मिक तथा पर्यटकीयस्थलको रिपोर्टिङ गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन वर्षपछि मात्रै कङ्काल भेटिएको थियो । त्यसको डिएनए र घटनास्थलमा भेटिएका सामग्रीका आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.