गोदावरीबाट लागुऔषध सहित ३ जना पक्राउ

अत्तरिया – कैलालीको गोदावरीबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन । नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ परेका हुन ।
लागु औषध सहित पक्राउ पर्नेमा गोदावरी नगरपालिका–६ का २४ वर्षीय जयकिशन चौधरी, गोदावरी नगरपालिका – ५ बिजैराका ३२ वर्षीय ओकेन्द्र चौधरी र गोदावरी नगरपालिका – ६ भुयराका ३१ वर्षीय विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Karma Consultancy

यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा जयकिशनलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध खैरो हेरोइन १ सय ८० मिलिग्राम वरामद गरिएको प्रहरीले जनाएको छ ।

citizen security services

प्रहरीले चौधरी र विष्णुको साथबाट लागूऔषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्राम वरामद गरिएको जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको गरेको थियो ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.