दार्चुलामा जडान गरिएका सौर्यबत्ती दुई वर्षमै बिग्रीए

दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्य बत्ती दुई वर्ष नपुग्दै बिग्रिएर थन्किएका छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो । ती बत्ती दुई वर्ष नपुग्दै बिग्रीएको मालिकार्जुन–३ का गोविन्द धामीले बताए ।

maya metro hospital

गाउँपालिकाको रु आठ लाख तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु १२ लाख गरी कुल रु २० लाखको लगानीमा बत्ती जडान गरिएका हुन् । बत्ती बिग्रिँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

joshi vada pasal 2

सौर्य बत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसर भित्र जडान गरिएका सिसी क्यामेरा समेत काम गर्न छाडेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले बताए ।

मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्य बत्ती बिग्रिएका छन् ।

राष्ट्रिय धाम मालिकार्जुन मन्दीर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्य बत्ती बिग्रीएको लामो समय हुँदासमेत मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए । सौर्य बत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गर्दैआएको धामीले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.