अहिलेकै गतिमा काम गर्दा गोदावरीमा ५ बर्षमा पनि जग्गा नापीको काम सकिदैन : मेयर भट्ट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले अहिलेकै गतिमा जग्गा नापीको काम अगाडी बढाए पाँच बर्षमा पनि नसकिने बताएका छन ।

Karma Consultancy

मंगलबार गोदावरी नगरपालिका – ४ हाटखोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको २५ औं बार्षिकोत्सव समारोहमा बोल्दै मेयर भट्टले सो कुरा बताएका हुन् ।

citizen security services

उनले गोदावरीका १२ वटै वडामा अव्यवस्थित बसोबासीका रुपमा रहेकाहरुलाई व्यवस्थित गरी लालपुर्जा दिने काम अगाडी बढेको बताए ।
‘लालपुर्जा वितरणका लागि हामीले १० जना करारमा अमिन भर्ना ग-यौ । हामीले छिटो भन्दा छिटो लालपुर्जा हातमा दिने उद्देश्यका साथ यो कामलाई आगाडी बढाएका थियौ’ उनले भने ‘अहिले आएर जुन किसिमले काम अगाडी बढेको छ यसरी काम गर्दा ५ बर्षमा नापीको काम पनि सकिन्छ कि सकिदैन् भनेर अन्योलता छाएको छ ।’

attariya hospital

उनले अहिलेको गतिमा काम गर्दा निकै ढिलो हुने देखिएकाले कन्सल्टेन्सी हायर गरेर १२ वटै वडामा भएको जमिनलाई एक डेढ बर्षमै नाप्ने बिषयमा छलफल अगाडी बढाएको बताए ।

उनले भने ‘तपाईहरु ढुक्क हुनुहोला हामीले चाडो भन्दा चाडो लालपुर्जा तपाइहरुको हातमा दिने छौ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.