गोदावरी नगरपालिकाले फर्म दर्ता नगरी व्यवसाय गर्नेलाई कारवाही गर्ने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले व्यवसायीक फर्म दर्ता नगरी कारोवार गर्नेलाई कारवाही गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै व्यवसाय दर्ता तथा नविकरण नगर्नेलाई नियमानुसार कारवाही गर्ने जनाएको हो ।

maya metro hospital

प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीद्धारा जारी सूचनामा वडा कार्यालयमा गएर फर्म दर्ता गर्न पनि आग्रह गरिएको छ ।

joshi vada pasal 2

‘स्थानीय निकाय (वडा कार्यालय) फर्म दर्ता नगरी संचालन गरेको र पसलको नाम नै नराखी व्यवसाय संचालन गरिरहेको पाइएकोले आ–आफ्नो व्यवसाय संचालन भइरहेको वडा कार्यालयमा गएर समयमा नै व्यवसाय दर्ता तथा नविकरण गराउँन सबैलाई जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

सूचनामा नगरपालिका भित्र केही व्यवसायीहरुले आफ्नो व्यवसायको फर्मको उद्देश्य अनुसार व्यवसाय नगरेको पाइएकाले उद्देश्य अनुसार कारोबार गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.