धनगढीमा रहेको नवज्याती आविले मनायो २१ औं बार्षिकोत्सव

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका – १३ श्रीलंकामा रहेको नवज्योती आधारभूत विद्यालयले २१ औं बार्षिक उत्सव मनाएको छ । मंगलबार विद्यालयले धनगढी उपमहानगरपालिका – १३ का वडा अध्यक्ष विजय राज जोशीको प्रमुख आतिथ्यमा बार्षिक उत्सव कार्यक्रम मनाएको हो ।

maya metro hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर चौधरीको सभाध्यक्षमा भएको बार्षिक उत्सव कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका शाखा अधिकृत अम्बादत्त भट्ट बिशिष्ट अतिथि रहेका थिए ।

joshi vada pasal 2

बार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले आय व्यय विवरण सार्वजनिक गरेका थिए । कार्यक्रममा बार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण संगै विविध सांस्कृतिक कार्यक्रम संचालन गरिएका थिए ।

विद्यालका शिक्षक सरस्वती भट्ट र रुद्र लामाले संचालन गरेको कार्यक्रममा सरस्वती मावि गेटाका प्रधानाध्यापक सुरज थापा, त्रिभुवन माविका प्रधानाध्यापक सिताराम अवस्थी, राष्ट्रिय तुलसीराम माविका प्रधानाध्यापक गणेश भट्ट, जनता मावि गेटाका प्रधानाध्यापक राम प्रसाद फुलारा, भगवती आविका प्रधानाध्यापक रामकृष्ण राना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.