सवारी चालकलाई सचेतना मुलक पम्पलेट बाड्दै मालाखेती प्रहरी

अत्तरिया – इलालका प्रहरी कार्यालय मालाखेतीले सवारी चालकलाई जनचेतना मुलक पम्पलेट बाड्न सुरु गरेको छ । प्रहरीले बढी सवारी दुर्घटना हुने क्षेत्रमा सवारी जाँच गरेर सडक सुरक्षाका बारेमा लेखिएका पम्पलेट बाड्न थालेको हो ।

maya metro hospital

समुदाय–प्रहरी साँझेदारी कार्यक्रम अन्तरगत मंगलबार गोदावरी नगरपालिकाका वडा नम्बर ४, ५ र ९ स्थित राजमार्गमा सचेतनामुलक पम्पलेट बाडेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बहादुर बरालले ट्राफिक प्रहरी समेतको सयुक्त टोलीले राजमार्गमा ५ सय सवारी साधन जाँच गरी जनचेतना मुलक पर्चा पम्पलेट बाडेको बताए । उक्त पम्पलेट बस, मालवाहक ट्रक, टिप्पर, ट्याक्टर, माईक्रो, हाईस, अटो र मोटरसाइकल चालकलाई वितरण गरिएको उनले बताए ।

attariya hospital

इलाका प्रहरी कार्यालय मालाखेती र अत्तरियाका सम्पुर्ण यातायात प्रालि र समितिको सयुक्त साझेदारीमा तयारी पारीएको पम्पलेटमा मादक पदार्थ÷लागु औषध सेवन गरी सवारी नचलाउन, सवारी चलाउँदा मोवाइलमा कुरा नगर्न, तिव्र गतिमा सवारी नचलाउन, नियन्त्रित गतिमा सवारी हाक्न लगायतका सचेतनामुलक सन्देश लेखिएको छ ।

पछिल्लो समय प्रहरीले राजमार्ग क्षेत्रमा हुँने दुर्घटना न्यूनिकरणका लागि सवारी चेकजाँचमा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.