कैलालीका पत्रकारलाई बन्धक बनाउने २ जना पक्राउ

कैलाली – कैलालीका एक पत्रकारलाई समाचार प्रसारण गरेको भन्दै बन्धक बनाउने २ जना पक्राउ परेका छन । जिल्लाको बर्दगोरियामा रहेको आरएनसी टे«डिङ प्रालीका बारेमा समाचार संकलन गरेर फर्किँदा पत्रकार टिकाराम साउँदलाई बन्धक बनाउने २ जना पक्राउ परेका हुन ।

maya metro hospital

पत्रकार साउँदलाई बन्धक बनाउने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुले पत्रकार साउँदलाई बन्धक बनाएर प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिएका थिए । उनीहरुले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए ।

joshi vada pasal 2

केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । उनीहरूलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय सुखड ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनले आरएनसी टे«डिङमा आवश्यक कागजात समेत फेला नपरेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.