गौ प्रतिष्ठा पदयात्राको टोलि अत्तरियामा पुग्यो, मेयर भट्टद्धारा स्वागत

अत्तरिया – गौ को महत्त र संरक्षण गर्नका लागि कैलालीको चिसापानीबाट सुरु गरिएको गौ प्रतिष्ठा पदयात्रा अत्तरियामा पुगेको छ । फागुन १२ गते देखि सुरु भएको यात्रा आज अत्तरियामा पुगेको हो ।

Karma Consultancy

पदयात्राको माहाराज योगि पिताम्बरले नेतृत्व गरेका छन । उनले गाईको संरक्षणका लागि यात्रा गरेको बताए । ‘अहिलेका विभिन्न विकृति पनि गाईलाई सडकमा छाडेर भएका छन’ उनले भने ‘धर्मको नाममा हामीले कुनै पनि राजनीति गरेका छैनौ । हामीले सबै धर्म, जातलाई समेटेर गौ संरक्षणमा जुटेका छौ ।’

citizen security services

उनले गाईलाई समाजमा धर्ममा भनिएजस्तै माताको रुपमा स्थापित गर्ने उद्देश्य रहेको बताए । उनले गाइको सेवा गर्न पाउने आफ्नो लागि सौभाग्यको कुरा भएको बताए ।

attariya hospital

अत्तरियामा पुगेको टोलिलाई गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले स्वागत गरेका थिए । उनले गाइको संरक्षणका लागि नगरपालिका पनि अभियानको साथमा रहेको बताए । उनले गाइको दुध खाने बेला सम्म मात्रै घरमा पाल्ने त्यसपछि सडकमा छोड्ने प्रवृतिका कारण समस्या सामाधान हुन नसकेको बताए ।

पदयात्रा चैत्र ३ गते हरिद्धारमा पुगेर समापान हुने पदयात्राका संयोजक दुर्गा कुमार पोखरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.