स्ववियु निर्वाचनमा जुटे विद्यार्थी नेता

अत्तरिया – सुदूरपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मिति घोषणा गरेसंगै विद्यार्थी नेता तयारीमा होमिएका छन् । चैत्र ८ गते निर्वाचनको मिति घोषणा गरिए संगै सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थी तयारीमा जुटेका हुन् ।

maya metro hospital

निर्वाचनको मिति घोषणा पछि नेतृत्वका लागि पार्टीगत रुपमा आकाक्षिहरुको चर्चा सुरु भएको छ । दुर्गालक्ष्मीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, वैद्य निकट नेकपा माओवादी, राप्रपाका विद्यार्थी संगठनहरुले स्ववियु नेतृत्वको लागि लविङ सुरु गरेका छन् । अन्य दलका विद्यार्थी संगठनबाट कम आकाक्षिको नाम चर्चामा आएपनि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट भने ३ जनाको नाम सभापतिका लागि चर्चामा छ ।

joshi vada pasal 2

नेपाल विद्यार्थी संघबाट देबराज ओझा, एलआर ओझा र भुबन महराले सभापतीमा दाबी गरेका छन् । उनीहरुले प्रचार–प्रसार संगै आफू निकट नेताहरुलाई भेटघाट गर्न थालेका छन् । आकाक्षि ओझाले आफू सभापतिको लागि बलियो दावेदार भएको बताए । उनले ३ जनामध्ये टिकट कसले पाउने भन्ने बारेमा भने अझै टुङ्गो नलागेको बताए । ‘सबै आ–आफ्नो तरिकाले प्रचारप्रसारमा जुटेका छौ’ उनले भने ‘आधिकारीक उम्मेदवारको टुङ्गो लाग्न भने बाँकी छ ।’

एमाले निकट अनेरास्ववियु बाट भने पुष्पराज सुवेदीको नाम चर्चामा छ । उनले अनेरास्ववियुबाट आफ्नो एकल दावी रहेको बताएका छन् । उनले चुनाव नजिकिदै गएकाले नेता तथा विद्यार्थीहरु संगको छलफललाई तिब्रता दिएको बताए । ‘यसपटक अनेरास्ववियुले स्ववियुको नेतृत्व गर्ने गरी हामी तयारीमा जुटेका छौ’ उनले भने ‘अहिले विद्यार्थीहरु बीच छलफल गरिरहेका छु । सबैतिरबाट साथ पाउनेमा विश्वस्त छु ।’

माओबादी निकट अखिल क्रान्तिकारीबाट बम बिक, नबिन धामी लगाएतले सभापतीमा दाबी गर्दै छलफल अगाडी बढाएका छन् । यस्तै राप्रपा निकट विद्यार्थी संगठनबाट दिवस भट्टले सभापतीको लागी तयारी थालेका छन् । यस्तै मोहन बैध निकट अखिल क्रान्तिकारीबाट पुस्कर राज जोशीले सभापतीको लागी तयारी शुरु गरेका छन् । दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा झण्डै २५ सय बिधार्थी अध्यनरत रहेका छन् ।

२०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । केन्द्रीय क्याम्पससहित १५ आंगिक क्याम्पसमा निर्वाचन हुने जनाइएको छ । विश्वविद्यालयमा हाल १७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन ।

त्रिभुवन विश्वविद्यालयले भने फागुन २७ गते स्ववियु निर्वाचन गर्दै छ । त्रिविमा स्ववियु निर्वाचन विस २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुँदै आएको थियो । त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयले भने पहिलो पटक स्ववियु निर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.