यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

नेपालले आईसीसी यू–१९ विश्कप अन्तर्गत एसियाली छनोटमा लगातार तेस्रो खेलमा जित निकालेको छ । नेपालले हङकङलाई नौ विकेटले पराजित गरेको हो ।

Karma Consultancy

हङकङले दिएको १२१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२.१ ओभरमा एक विकेट गुमाउदै १२६ रन बनाएको थियो । नेपालका लागि आकाश त्रिपाठीले नटआउट ६४ रनको पारी खेल्दा उत्तम रंगु थापामगर ३९ रनमा अविजित रहे ।

citizen security services

त्यस्तै अर्जुन कुमालले १६ रन बनाए । आकाशले ७२ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । त्यस्तै उत्तमले चार चौका प्रहार गरे ।
अर्जुनल १२ बलमा तीन चौका प्रहार गर्दै १६ रनमा आउट भएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा सवै विकेट गुमाएर १२० रनमात्रै बनाउन सक्यो ।

attariya hospital

हङकङका पर्थ भगवतले सर्वाधिक ३६ रन बनाउँद मोहम्मद अलियान जाहिरले २९को पारि खेले । अन्य कुनै पनि ब्याटरको प्रर्दशन सम्झनलायक रहेन । हङकङलाई सस्तैमा रोक्ने क्रममा तीव्र गतिका बलर हेमन्त धामी र स्पिनर सुवास भण्डारीले शानदार प्रदर्शन गरे ।

हेमन्तले ८.३ ओभमार ४३ रन खर्चिएर २ विकेट लिँदा सुवासले १० ओभरमा ३ मेडनसहित १० रन खर्चिएर २ विकेट लिए ।
उनले निकै नै किफायति बलिङ गरे । दीपेश कँडेलको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.