बैतडी – बैतडीमा अपांगता भएकी महिलामाथि करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २४ वर्षीया अपांगता भएकी महिलामाथि करणी गरेको आरोपमा मेलौली नगरपालिका–७ का ५६ वर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

‘क’ वर्गको अपांगता भएकी महिलामाथि करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पीडित महिलाका आफन्तले आइतबार जाहेरी दिएको र आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

पीडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । पीडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन् ।
