बैंकहरुको चर्को व्याजदरका विरुद्ध अत्तरियामा आज आन्दोलन गरिदैं

 

अत्तरिया – बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै अत्तरियामा आज व्यवसायीहरुले आन्दोलन गर्दैछन । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आज बिहानै देखि ११ बजे सम्म व्यवसाय बन्द गरेर आन्दोलन गर्न लागिएको हो ।

Karma Consultancy
belauri nagarpalika

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले प्रदेशको कार्यक्रममा अनुसार अत्तरियामा पनि आज देखि फागुन २२ गते सम्म प्रत्येक बिहान ११ बजे सम्म आन्दोलन गरिने लागेको बताए । व्यवसायीहरुले अत्तरिया रहेको राष्ट्रिय बाणिज्य बैंक आगाडी आज कोण सभाको आयोजना गरिने कार्यक्रम रहेको छ ।

citizen security services

आज देखि सुदूरपश्चिम प्रदेशभरीनै आन्दोलन गरिदै छ । उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर उद्योग बाणिज्य संघ, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्न लागेका हुन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.