खाेज्नुहाेस

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिने

Image

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म दिइएको छ ।

navjiwan hospital

उम्मेदवार तय गर्न छलफलमा दलहरू व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा एमालेले शनिबार बिहान राष्ट्रपति उम्मेदवार तय गर्न बैठक राखेका छन् ।
आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृत कार्यालय खोलिसकेको छ । आयोगले शनिबार अपराह्न ३ बजेदेखि ४ बजे भित्रमा मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ ।

attariya hospital

फागुन १४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे फागुन १६ गते पाउनेछन् । उम्मेदवारको अन्तिम नामावली पनि फागुन १६ गते नै प्रकाशित गर्ने तयारी छ ।

राष्ट्रपति निर्वाचन भने फागुन २५ गते हुनेछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरू राष्ट्रपति निर्वाचनमा मतदाता हुन्छन् । मतदान भने नयाँ बानेश्वरस्थित संघीय संसद सचिवालय परिसरमा हुनेछ । त्यहाँ २ वटा मतदान केन्द्र रहनेछ ।