अत्तरिया – कैलालीको अत्तरियामा रहेको पुष्पाञ्जली आवाशिय माध्यमिक विद्यालयको ३४औ वार्षिक उत्सव सम्पन्न भएको छ । अत्तरिया क्षेत्रकै पुरानो संस्थाको रुपमा रहेको पुष्पाञ्जलीको बिहिबार एक कार्यक्रमका बिच आयोजना गरिएको वार्षिक उत्सव सम्पन्न भएको हो । विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले देश विकासमा प्राईभेट क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताए ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राईभेट सेक्टरको ठुलो भुमिका रहेको बताउदै उनले प्राईभेट क्षेत्रको सहकार्य बिना सफल हुन नसकिने बताए । उनले निजि विद्यालयको प्रतिष्पर्धाकै कारण सामुदायीक विद्यालयहरुले पनि गुणस्तर वृद्धि काम गरिरहेका उनले बताए । साथै उनले अत्तरिया क्षेत्रकै पुरानो शैक्षिक क्षेत्रले आफ्नो छवि कायमै राखेको भन्दै खुसी व्यक्त गरे । उहाँले पुष्पाञ्जलीले गुणस्तरिय शिक्षामा जोड दिएको र यहाँका विद्यार्थीहरुले राम्रो उपलब्धी हासिल गरेको समेत बताए । विद्यालयको वार्षिक उत्सवका अवसरमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक गणेश बरालले शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्काउने खालका प्रतिभाहरु प्रस्तुत गरेका थिए । विद्यालयले वार्षिक उत्सवको पुर्वसन्ध्यामा आयोजना गरिएका विभिन्न प्रतियोगीताहरुमा विजयी विद्यार्थीहरुका साथै कक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो ।
२०४५सालमा स्थापना भएको उक्त विद्यालय हाल कक्षा १० सम्म अध्यापन गराउदै आएको छ । विद्यालयमा ९ सय ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका सञ्चालक यम प्रसाद भण्डारीले जानकारी दिए । उनले बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गरिनुका साथै गुणस्तर जनशक्ति पनि राखिएको बताए । उनका अनुसार साना बालबालिका अध्ययनरत कक्षा नर्सरी, एलकेजी र युकेजीमा गर्मीमा समस्या हुने भएकाले एसिको पनि व्यवस्था गरिएको छ ।
विद्यालयले अभिभावकसँगको अन्तरक्रियालाई नियमितता दिने गरेको उनले बताए । उनले बालबालिकहरुको सुरक्षालाई विद्यालयले पहिलो प्राथमिकता राखेको समेत बताए । ‘विद्यालयमा आउने विद्यार्थीहरुको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ उनले भने ‘त्यसैले ४ तले भवन रहेको विद्यालयको सबै तलामा हामिले जाली लगाएका छौ भने सिडिमा पनि जाली सहितको छानाको व्यवस्था गरेका छौ ।’ उनले विद्यालयमा भिड बढी भएको अवस्थामा कुनै कारणवस अप्रिय घटना नहोस भन्ने उद्देश्यले जाली लगाईएको बताए ।