धनगढी – व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी ओलीलाई कारवाही हुनु पर्ने बताएका छन् । धनगढीमा आयोजित कार्यक्रममा बोल्दै प्रसाईले आफूले पूर्व राजाबाट अभियान सुरु गर्दा कारवाहीमा पर्नु पर्ने भए राजा वादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने बताएका हुन ।

‘केपी हजुरबुबाले मलाई पानसमा पूर्व राजाबाट दियो बालेकै कारण कारबाही गर्नु भएको हो, उहाँले त राजा बादीसँग गठबन्धन गरेर सरकार चलाइ राख्नु भएको उहाँलाई कारबाही हुनु पर्ने होइन र ?’ उनले भने ‘म पनि केपी हजुरबुवालाई तपाईको केन्द्रीय सदस्य तपाइनै राख्नुस् भनेर पार्टीबाट निस्किए ।’


उनले केही समय अगाडि पूर्व राजा ज्ञानेन्द्र र युवराज पारसलाई बोलाएर नागरिक बचाउँ अभियान सुरु गरेका थिए । उक्त कार्यक्रम पछि नेकपा एमालेले उनलाई कारबाही गरेको थियो ।
उनले चर्काे व्याजदर घटाउन पनि आग्रह गरेका छन् । चर्का व्याजदरले साना व्यवसायीहरु समस्यामा परेको र सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको उनले बताएका छन् ।