धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले विषेश अदालतबाट सफाई पाएका छन् । अध्यक्ष उपाध्यायले विशेष अदालत काठमाडौंबाट सफाई पाएका हुन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई राजश्व हिनामिना गरि सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो ।