धनगढी – कैलालीको धनगढीमा प्रथम अन्तर विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । खेलको विकास तथा खेलाडीको पहिचानका लागि क्रिसेन्ट सिटि स्कुल ‘प्लस टु’ को आयोजनामा आइतबार देखि धनगढी रंगशालामा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका विजेतालाई नगद ३० हजार तथा उपविजेतालाई १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयकाका प्रधानाध्यापक तीर्थराज फुलाराले जानकारी दिएका छन ।
यस्तै उत्कृष्ट खेलाडीलाई नगद २ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई १÷१ हजार नगद पुरस्कार साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा धनगढीसहित कैलालीका विभिन्न स्थानका कक्षा ९ देखि १२ मा अध्यनरत विद्यालयका २९ टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको आयोजकले जानकारी दिएको छ । एन्फाको नियमानुसार नकआउट चरणमा खेल खेलाइने छ । प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।