रेशम चौधरीकी आमालाई भेट्न घरमै पुगे मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीको घरमै पुगेर उनकी आमालाई भेटेका छन । शनिबार बिहान नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरीकी आमालाई भेट्न उनको कैलालीको जानकी गाउँपालिका–६ स्थित जगतपुरमा रहेको घरमा मुख्यमन्त्री शाह पुगेका हुन ।

maya metro hospital

चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेटेर मुख्यमन्त्री शाहले आफूले रेशम चौधरीलाई छुटाउन अभियान थालिसकेको र त्यसमा आफू लागिसकेको बताएका छन । ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पु¥याएको छ । हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ । म त्यसको लागि लागिपरेको छु ।’

joshi vada pasal 2

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विस्वासको मत नपाउदाँ प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका थिए । सोही दिन संविधानको दफा १६८ को उपदफा ३ अनुसार ठुलो दलको संसदिय दलको नेताका हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमाले संसदिय दलका नेता समेत रहेका पुर्वमुख्यमन्त्री रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चौधरीको रिहाईको माग राख्दै विस्वासको मत दिन नमानेपछि रावलको मुख्यमन्त्री पद खुस्किएको हो । चौधरी हाल टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भई डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन ।

शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ । उनले आफूले ३० दिन भित्र विश्वासको मत पाउने दाबीसमेत गरेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.